वर्तमान सत्ता सहकार्य ०८४ सम्म जान्छ: कांग्रेस महामन्त्री थापा

वर्तमान सत्ता सहकार्य ०८४ सम्म जान्छ: कांग्रेस महामन्त्री थापा


ग्लोब नेपाल
108
Shares

दाङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण कांग्रेस-एमालेबीच सत्ता सहकार्य भएको बताएका छन् ।

रोल्पाको लिवाङमा आयोजित पार्टीको दोस्रो जिल्ला सम्मेलन तथा सभामा सम्बोधन गर्दै महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्ड धेरै चकचक गरेकै कारण कांग्रेस-एमालेबीच सत्ता सहकार्य भएको दाबी गरेका हुन् ।

कांग्रेस २०८४ सालसम्म यही सत्ता गठबन्धनमा अडिग रहने भन्दै महामन्त्री थापाले प्रधानमन्त्री केपी ओलीले पनि सहमति कायम गरेरै अघि बढ्ने विश्वास व्यक्त गरे ।

नेता थापाले अहिले बढेको निराशालाई सावाधान गर्न उच्चस्तरीय छानविन आयोग बनाएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।