लगातार छैटौं दिन बढ्यो सेयर बजार, कारोबार रकम भने घट्यो

लगातार छैटौं दिन बढ्यो सेयर बजार, कारोबार रकम भने घट्यो



काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २७५८ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३.३५ अंक बढेको हो । आजसहित लगातार छैटौं कारोबार दिन बजार बढेको हो ।

आज बैंक, लगानी, उत्पादन र अन्य समूहको शेयर बढेको छ । अन्य समूहको शेयर साढे २ प्रतिशतले उकालो लागेको छ । आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ११ अर्ब ५४ करोडको शेयर कारोबार भएकोमा आज ३ सय १० वटा कम्पनीका २ करोड ११ लाख कित्ता शेयर ११ अर्ब ८ करोड रुपैयाँको शेयर किनबेच भयो ।