स्वास्थ्य बिमा व्यवस्थित गर्न काम थालिएको छ : मन्त्री पौडेल

स्वास्थ्य बिमा व्यवस्थित गर्न काम थालिएको छ : मन्त्री पौडेल



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमामा देखिएका विकृति हटाउन दुई चरणमा काम भइरहेको बताएका छन् ।

स्वास्थ्य बिमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको मन्त्री पौडेलले जानकारी दिए ।

संसद भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बिमा ऐनमा कार्यक्रम प्रभावकारी बनाउन केही नीतिगत सुधार गरिएको र बाँकी कार्ययोजना अनुसारका काम कार्यान्वयनका लागि प्रयास भइरहेको बताएका हुन् ।