भुटानकाे ट्रान्सपाेर्ट युनाइटेडलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

भुटानकाे ट्रान्सपाेर्ट युनाइटेडलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा



काठमाडौं । भुटानकाे एफसी ट्रान्सपाेर्ट युनाइटेडलाई हराउँदै मच्छिन्द्र क्लब एफसी केपी ओली कप फुटबलको सेमिफाइनलमा पुगेकाे छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा मच्छिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले हरायो । मच्छिन्द्रका स्टेफेन जलीले गोल गरे ।

योसँगै केपी ओली कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि सङ्कटा क्लब, आयोजक केपी ओली एफसी र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् ।

अब पहिलो सेमिफाइनलमा आउँदो शुक्रवार सङ्कटा र आर्मी तथा दोस्रो सेमिफाइनलमा शनिवार मच्छिन्द्र र केपी ओली एफसी खेल्नेछन् । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ ।

केपी ओली कपकाे फाइनल खेल यही १९ गते हुनेछ ।