ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) मा निर्माणाधीन केबुलकारको विवादलाई समाधान गर्नका आन्दोलनरत पक्षले चार सर्त अघि सारेका छन् । गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेपछि आन्दोलनरत पक्षले चार सर्त अघि सारेको हो ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा दिगो, शान्ति, सार्थक र परिणाममुखी वार्ताका लागि सङ्घर्षरत पक्षबाट वार्ताको वातावरण तयार गर्न चार सर्त अघि सारेको जानकारी गराएको छ । सर्तहरूमा मन्त्रीस्तरीय वार्ता समिति निर्माण गरी आन्दोलनरत पक्षलाई आधिकारिक पत्राचार गर्नुपर्ने, आन्दोलनका क्रममा ताप्लेजुङ, सुनसरी लगायत स्थानबाट पक्राउ गरिएकाहरूलाई नि:सर्त रिहाइ गरी ताप्लेजुङको निषेधाज्ञा हटाउनु पर्ने माग अघि सारिएको छ ।
यस्तै, केबुलकार निर्माण कार्य बन्द गरी निर्माण स्थलबाट सामग्री, ठेकेदार, कामदार र मजदुर फिर्ता गर्नुपर्ने, पाथीभरा मुक्कुमलुङ क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता हुनुपर्ने सर्त अघि सारेका छन् । गृह मन्त्रालयले यस अघि फागुन ९ गते सोमबार आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको थियो ।


प्रतिक्रिया