काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा भइरहेको स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा झडप भएको छ ।
झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।
डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ । अहिले उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
संघर्ष समितिले केही समयदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।
निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले बताए । प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् ।
प्रतिक्रिया