नेपाल आउँदा खुशी छु : बुफोन

नेपाल आउँदा खुशी छु : बुफोन



काठमाडौं । इटालीलाई सन् २००६ को फिफा विश्वकप जिताउने विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोन आइतबार नेपाल आइपुगेका छन् ।

काठमाडौंमा जारी केपी ओली कप फुटबलको मुख्य पाहुनाको रुपमा बुफोनलाई नेपाल निम्त्याईएको हो । इटालीका महान फुटबलर बुफोनले नेपाल आउन पाउँदा आफु निकै खुशी भएको र सफना पूरा भएको बताएका छन् ।

बुफोनले आफुलाई नेपाल आउने अवर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद समेत दिए । ‘सुन्दर देश नेपाल आउन पाउँदा उत्साहित भएको छु । आजको दिन म र मेरी श्रीमतीका लागि अवस्मरणीय रहेको छ । केपी ओली कपको फाइनल हेर्नका लागि निकै उत्साहित छु,’ बुफोनले भने ।

बुफोनलाई आइतबार बिहान केपी ओली कप आयोजक राष्ट्रिय युवा सङ्घ नेपालका पदाधिकारीले त्रिभुवन विमान स्थलमा स्वागत गरेका थिए । बुफोन नेपाल आउने विश्व फुटबलकै ठूलामध्येका एक खेलाडी हुन् ।

सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच वटा विश्वकप खेल्ने बुफोनले इटालीका लागि एक सय ७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले इटालीको लागि मात्र ८० खेलमा कप्तानी गरेका छन् ।