काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकार निर्माणको प्रकियालाई अघि बढाउन सरोकारवालासँग छलफल गर्ने भएको छ ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि सबै पक्ष छलफलमा बस्नुपर्ने सुझाव प्रस्तुत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
उनले भने, ‘स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँग छलफल गरेर केबलकार निर्माण प्रक्रिया अघि बढाउन सहज वातावरण तयार गर्ने कुरामा पार्टीले चासो राखेको छ र सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ,’ उनले बैठकपछि पत्रकार सम्मेलनमा भने ।
प्रतिक्रिया