भेरीगंगा–९ का वडाध्यक्ष प्रेमबहादुर आग्रीको निधन

भेरीगंगा–९ का वडाध्यक्ष प्रेमबहादुर आग्रीको निधन



सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका –९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको हो ।

क्यान्सर उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा थिए । परिवारका सदस्यले दिएको जानकारी अनुसार उनको मिर्गौलामा पनि समस्या थियो । आग्री नेपाली कांग्रेसबाट २०७९ मा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।