अध्यादेश अघि बढाउने निर्णयबाट पछि हट्यो सरकार

अध्यादेश अघि बढाउने निर्णयबाट पछि हट्यो सरकार


ग्लोब नेपाल
243
Shares

काठमाडौ । सत्तापक्ष भूमिसम्बन्धी अध्यादेश अघि बढाउने निर्णयबाट पछि हटेको छ । भूमिसम्बन्धी अध्यादेश राष्ट्रियसभाबाट पारित गर्ने अवस्था नआएपछि सत्तापक्ष पछि हटेको हो।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको प्रतिनिधिसभामा स्वीकृत गराउने जानकारी दिए । सत्तापक्षका केही दलको साथ नपाएपछि भूमि सम्बन्धी अध्यादेशमा सरकार पछि हटेको हो। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि नै अन्य पाँच अध्यादेश अघि बढाउने निर्णय गरिएको बर्तौलाले बताए ।