विराटनगर । विराटनगरमा जारी नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनमा ९११ जना प्रतिनिधि छन् । तीमध्ये ३४१ जना प्रतिनिधि उम्मेदवार बनेका छन् ।
अधिवेशनमा उम्मेदवारी दिनेको लर्को लागेपछि एमाले नेताहरू सदस्य पदमा सहमति जुटाउन भन्दै उम्मेदवारी फिर्ता लिने समय थपेको थप्यै छन् ।
कूल प्रतिनिधि संख्याको एक तिहाइभन्दा बढीले उम्मेदवारी दिएपछि निर्वाचन कमिटीलाई चुनाव गराउन सकस परेको छ ।
निर्वाचन कमिटीले दिएको जानकारी अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव सहितको पदाधिकारीमा हरेक पदमा दुई–दुई जनाको उम्मेदवारी परेको छ । यसरी ५ पदाधिकारीका लागि १० जनाको उम्मेदवारी परेको छ ।
सदस्यमा भने धेरैले उम्मेदवारी दिएका छन् । १६० जना सदस्य पदका लागि ३३१ जनाले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारहरू धेरै जना भएपछि अहिले एमाले नेताहरू सदस्यहरूमा सर्वसम्मत गर्न पहल गरिरहेका छन् ।
प्रतिक्रिया