३० अंकले घट्यो नेप्से, १२ अर्ब ९४ करोडको कारोबार

३० अंकले घट्यो नेप्से, १२ अर्ब ९४ करोडको कारोबार



काठमाडौं । शेयर बजार आज उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ३६ अंकले बढेर २ हजार ८ सय ४६ दशमलव ३० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा फाइनान्सर उत्पादन समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै बैंक, जलविद्युत्, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको शेयर १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १४ अर्ब २८ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका २ करोड ६३ लाख कित्ता शेयर १२ अर्ब ९४ करोड रुपैयाँमा किनबेच भएको छ ।