काठमाडौं । एन्फा यु–१६ लिग फुटबलमा चर्च ब्वाइज युनाइटेड क्लबले थ्रिस्टार क्लबविरुद्ध कठिन जित निकालेको छ ।
एन्फा मैदान सातदोबाटोमा मंगलबार भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टारलाई १–० गोलले हरायो ।
चर्च ब्वाइजको जितमा सुशन थापामगरले २१औँ मिनेटमा निर्णायक गोल गरे ।
जितसँगै चर्च ब्वाइजले १८ खेलबाट ४४ अंक बनाएको छ । पराजित थ्रीस्टारको समान खेलबाट ३३ अंक छ ।
प्रतिक्रिया