काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई २ सय ६५ रनको लक्ष्य दिएको छ ।
दुबईमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभर ३ बलमा २ सय ६४ रनमा अलआउट भयाे । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले ७३, एलेक्स केरीले ६१, ट्राभिस हेडले ३९ रन बनाए । भारतका मोहम्मद शमीले ३ तथा वरुण चक्रवर्ती र रवीन्द्र जडेजाले २/२ विकेट लिए ।
च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइलनमा भोलि न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल पाकिस्तानको लाहोरमा हुनेछ । भारत समूह ‘ए’ बाट विजेता र न्युजिल्यान्ड उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् । यस्तै दक्षिण अफ्रिका समूह ‘बी’ बाट विजेता र अस्ट्रेलिया उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् ।
आठ टोली सहभागी च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ बाट बङ्गलादेश र आयोजक पाकिस्तान तथा समूह ‘बी’ बाट इङ्गल्यान्ड र अफगानिस्तान समूह चरणबाट बाहिरिएका थिए । प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार फागुन २५ गते हुनेछ ।
आज भारतले अस्ट्रेलियालाई हराएमा फाइनल खेल दुबईमा र अस्ट्रेलियाले भारतलाई हराएमा फाइनल खेल पाकिस्तानमा हुनेछ ।
प्रतिक्रिया