यामाहा नेपालद्वारा विशेष अफरहरूसहित यामाहा मेगा सर्भिस क्याम्पको घोषणा

यामाहा नेपालद्वारा विशेष अफरहरूसहित यामाहा मेगा सर्भिस क्याम्पको घोषणा



काठमाडौं । यामाहा नेपालले यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना हुने यामाहा मेगा सर्भिस क्याम्पको साथमा देशभरका यामाहा चालकहरूका लागि एक रोमाञ्चक अवसर ल्याएको छ ।

दक्ष, विशेषज्ञ सेवा र यामाहा ग्राहकहरूका लागि आकर्षक अफरहरू सुनिश्चित गर्न यो विशेष सर्भिस क्याम्प ल्याएको हो ।

यामाहा मेगा सर्भिस क्याम्पको अवधिमा ग्राहकहरूले निम्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन्:
● उत्कृष्ट इन्जिन कार्यसम्पादनको लागि यामा ल्यूबमा १५% छुट
● टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्न जेनुइन स्पेयर पार्ट्समा १०% छुट
● लेबर चार्जेजमा ५०% छुट
● सुरक्षा र दक्षता बढाउन १५ पोइन्ट चेक-अप
● नि:शुल्क बाइक वाश
● नि:शुल्क एएमसी कार्ड
● सर्भिस क्याम्पमा आउने ग्राहकहरूका लागि गिफ्ट ह्याम्परहरू

नेपालभरि २०० भन्दा बढी अधिकृत सेवा केन्द्रहरू भएको यामाहाले दक्ष प्राविधिकहरू मार्फत् विशेषज्ञ सेवा प्राप्त गर्ने कुरा सुनिश्चित गरेकाे छ । योसँगै अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधिको साथमा आफ्नो बाइकको उच्चस्तरीय प्रदर्शनका लागि ग्राहकहरूले यामाहा एफआई स्टेशनहरूबाट जेनुइन एफआई हेल्थ रिपोर्ट प्राप्त गर्न सक्नेछन् ।

मेगा सर्भिस क्याम्पको उद्घाटन समारोहमा बोल्दै एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, “हामीलाई उत्कृष्ट सेवा पनि उत्कृष्ट उत्पादन जत्तिकै महत्त्वपूर्ण हुन्छ भन्नेमा विश्वास गर्दछौं । यसर्थ यामाहा मेगा सर्भिस क्याम्प मार्फत् हामी हाम्रा ग्राहकहरूलाई किफायती मूल्यमा विशेषज्ञ हेरचाह र वास्तविक सेवा प्रदान गर्दैछौं । हामी सबै यामाहा चालकहरूलाई यो अवसरको फाइदा उठाउन र आफ्ना बाइकहरूलाई उत्कृष्ट अवस्थामा राख्न आमन्त्रित गर्दछौं ।”

एमएडब्ल्यू राइड्स अन्तर्गतको यामाहा नेपालको एक अग्रणी दुईपाङ्ग्रे ब्रान्ड हो । यो आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताको लागि प्रसिद्ध छ । नेपालमा बलियो उपस्थिति भएको यामाहाले नवीन उत्पादनहरू र असाधारण आफ्टर सेल्स सर्भिसको साथ बजारको नेतृत्व गरिरहेको छ । यामाहाको गुणस्तरीय सेवा र ग्राहक हेरचाहप्रतिको समर्पणका कारण प्रत्येक सवारले निर्बाध र सुरक्षित सवारी अनुभवको आनन्द लिन सक्नेछन् ।