च्याम्पियन्स लिग : आर्सनलको ऐतिहासिक जीत, पीएसभी ७–१ गोलले पराजित

च्याम्पियन्स लिग : आर्सनलको ऐतिहासिक जीत, पीएसभी ७–१ गोलले पराजित



काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा राउन्ड अफ–१६ को पहिलो लेगमा आर्सनलले पीएसभीलाई ७–१ गोलले पराजित गरेको छ ।

गएराति नकआउट चरणको खेलमा आर्सनलले लिग इतिहासमै ठूलो अन्तरको जीत निकाल्यो । ऐतिहासिक जीतसँगै आर्सनल क्वार्टरफाइनल नजिक पुगेको छ ।

दोस्रो लेगमा सामान्य नतिजाले नै आर्सनललाई अन्तिम आठमा पुर्‍याउनेछ । त्यस्तै गएराति भएको अर्को खेलमा एस्टन भिलाले क्लब ब्रुगलाई ३–१ गोलले हराएको छ ।

त्यस्तै रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्दा बोरुसिया डर्टमन्ड र लिले ओलम्पिक स्पोर्टिङ क्लबले १–१ गोलको बराबरी खेलेका छन् ।