काठमाडौं । अमेरिकाले आज बिहान काठमाडौं ल्याएर छाडिदिएका नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले थप सोधपुछका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
बिहान अमेरिकाले आठ जनालाई चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइदिएको हो । यस्तै एक जना नियमित उडानबाट आएकाले नौ जना सबैलाई प्रहरीको जिम्मा लगाएको विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।
अध्यागमन कार्यालयले कागज गराएर डिपोर्ट भएका सबैलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको हो । प्रहरीले डिपोर्ट भएकाहरूबाट मानव तस्करीमा संलग्नहरुको सम्बन्ध खुल्ने विश्वास लिएको जनाएको छ ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेको मिति अर्थात् जनवरी २० तारिखयता आज आएका ९ सहित ३६ जना नेपाली डिपोर्ट भएका अध्यागन कार्यालयले जनाएको छ । जसमध्ये २८ जना नियमित उडानबाट र आज ८ जना चार्टर्ड विमानमा आएका हुन् ।
प्रतिक्रिया