दक्षिण अफ्रिकासँगकाे दाेस्राे सेमिफाइनलमा न्युजिल्यान्ड पहिला ब्याटिङ गर्दै

दक्षिण अफ्रिकासँगकाे दाेस्राे सेमिफाइनलमा न्युजिल्यान्ड पहिला ब्याटिङ गर्दै



काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिकासँगको दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डले टस जितेको छ । लाहोरको गद्दाफी स्टेडियममा टस जितेर न्युजिल्यान्डका कप्तान मिचेल स्यान्टनरले ब्याटिङ रोजेका छन् ।

च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच अहिलेसम्म दुई पटक भेट भएकोमा दुवै टोलीले एक/एक खेल जितेका छन् । यस्तै एकदिवसीय क्रिकेटमा दुई टोलीबीच ७३ पटक भेट भएकोमा दक्षिण अफ्रिकाले ४२ र न्युजिल्यान्डले २६ खेल जितेको छ । यस्तै पाँच खेल नतिजाविहीन भएको छ ।

दक्षिण अफ्रिका समूह ‘बी’ को विजेता र न्युजिल्यान्ड समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । यो खेल जित्ने टोलीले फाइनलमा भारतसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल आउँदो आइतवार फागुन २६ गते दुबईमा हुनेछ ।

आठ वटा टोली सहभागी च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ बाट बङ्गलादेश र आयोजक पाकिस्तान तथा समूह ‘बी’ बाट इङ्गल्यान्ड र अफगानिस्तान समूह चरणबाट बाहिरिएका थिए ।