फ्रेन्ड्सले मच्छिन्द्रलाई २–० गोलले हरायो

फ्रेन्ड्सले मच्छिन्द्रलाई २–० गोलले हरायो



काठमाडौं । एन्फा यु–१६ युथ लिगमा फ्रेन्ड्स क्लबले मच्छिन्द्र फुटबल क्लबमाथि सहज जित निकालेको छ ।

बुधबार एन्फा मैदान सातदोवाटोमा भएको खेलमा फ्रेन्ड्सले मच्छिन्द्रलाई २–० गोलले हरायो । फ्रेन्ड्सको जितमा अरुण अधिकारीले ७०औँ र सञ्जिव गोलेले दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे ।

जितसँगै फ्रेन्ड्सले १८ खेलबाट ३६ अंक बनाएको छ । पराजित मच्छिन्द्रको समान खेलबाट २६ अंक छ ।