कुलमानलाई ३ दिनको म्याद दिएर स्पष्टिकरण सोधिदै

कुलमानलाई ३ दिनको म्याद दिएर स्पष्टिकरण सोधिदै


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३ दिनको म्याद दिएर उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

उर्जामन्त्री दिपक खड्काको प्रस्तावमा कुलमानलाई ३ दिनको समय दिएर स्पष्टिकरण सोध्न मन्त्रालयलाई अधिकार दिने निर्णय गरिएको हो । यसअघि मन्त्रालयले कुलमानलाई कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिदा हटाउने प्रक्रिया अघि बढाएको थियो ।  

कुलमानलाई मन्त्रालयले सोधेको स्पष्टिकरणमा उनले आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले हटाउने र स्पष्टिकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई नै भएको बताएका थिए ।