काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले उपलब्ध गराउँदै आएको सहयोग रकम र खर्चबारे श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भयो भनेर बारम्बार चर्चा हुने गरेको भन्दै सहयोग रकम नेपालमा कति आएको हो त्यसबारे सरकारले श्वेतपत्र जारी गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘यस्तो रकम कति नेपालमा आएको हो र क-कसले प्रयोग गरे ? त्यो नेपाल सरकार वा अर्थ मन्त्रालय कसले स्वेत पत्र जारी गर्नुपर्ने हो, त्यो जारी गरियोस् । एनजीओ र आईएजीओको रूपमा नेपाल आएको र अन्य काममा प्रयोग भएको रकम कति छन् ? अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भयो भनेर नेपाललाई नै बदनाम गर्ने काम भइरहेको छ ।’
उनले संसद्मा पत्रकारले प्रश्न सोधेको आधारमा नै प्रेस पास निलम्बन गरेको विषयमा पनि आपत्ति जनाए ।
प्रतिक्रिया