कुलमानलाई सबै प्रतिपक्षी दलको साझा अध्यक्ष बनाइदिऔं : कांग्रेस प्रमुख सचेतक

कुलमानलाई सबै प्रतिपक्षी दलको साझा अध्यक्ष बनाइदिऔं : कांग्रेस प्रमुख सचेतक



काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सबै प्रतिपक्षी दलको अध्यक्ष बनाइदिऔँ भन्दै कटाक्ष गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बाेल्दै उनले कर्मचारीलाई दलीयकरण नगर्न आग्रह गरे । उनले भने, “एउटा कर्मचारीलाई दलीयकरण गरेर संसद्को प्रतिपक्ष हिजो उठेको देख्दा लाज पनि लाग्यो । यहाँ प्रधानमन्त्री पनि हुनुभएको छ । मन्त्री पनि हुनुभएको छ । एकजना कर्मचारीका लागि जग हसाउने काम नगरौँ ।”

नेपालको कर्मचारीतन्त्र दूधले नुहाएको नभएको धारणा राख्दै उनले देवत्वकरण नगर्न समेत आग्रह गरे । उनले भने, “देवत्वकरण गरेर टाउकोमा नै बोकेर हिँड्ने हो भने सबै प्रतिपक्षी दलहरूको अध्यक्ष उहाँलाई नै बनाइदिऔँ । ढुक्क हुन्छ, त्यति भएपछि ।”