काठमाडौं । शेयर बजार लगातार चौथो दिन घटेको छ । यो हप्ताको आइतवार उच्च अंकले बढेको शेयर बजार परिसूचक नेप्से त्यसयता घटिरहेको हाे ।
आज नेप्से २ दशमलव ७० अंकले घटेर २ हजार ८ सय १८ दशमलव ४३ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल, जलविद्युत्, लगानी, बीमा, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ ।
आज नबिल डिबेन्चर २०८२ को शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब ६५ करोडको कारोबार भएकोमा ३ सय १० वटा कम्पनीका १ करोड ९० लाख कित्ता शेयर १० अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया