विराटनगर । नेकपा एमाले मोरङको दसौं अधिवेशनको नयाँ नेतृत्वको लागि बुधवार भएको मतदानको प्रारम्भिक मत परिणाममा इतर पक्षले अग्रता लिएकाे छ । इतर पक्षबाट अध्यक्षको उम्मेदवार बनेका अजम्बर राईले ५१ मत ल्याउँदा संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवार राजकुमार ओझाले ४५ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा इतर पक्षका सागर थापाले ५० मत ल्याउँदा संस्थापनकी शान्तिकुमारी लिम्बूले ४२, सचिवमा इतर पक्षका सोमराज थापाले ४८ मत ल्याउँदा संस्थापन पक्षका रविन थापाले ४५, उपसचिव पदमा इतर पक्षका सन्तोष वान्तवाले ५२, उषा झाले ४५ तथा संस्थापनका इर्जलाल राजवंशीले ४१ ल्याउँदा शिल्पा निराला कार्कीले ४९ मत ल्याएका छन् ।
दिउँसो सभा ३ बजेदेखि मतगणना सुरु भएको हो । यो १ सय मत गन्दाको परिणाम हो । अधिवेशनमा ८८८ मत खसेको छ ।
प्रतिक्रिया