मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)



काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रति क्विन्टल २८ सय।६९ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।

साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय बैठकले गरेको सञ्चारमन्त्री गुरुङले बताए । यससँगै सरकारले अन्य विभिन्न १९ वटा निर्णय गरेको छ ।