काठमाडौं । रास्वपाका उपसभापति डीपी अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घुसको अड्डा बनेको आरोप लगाएका छन् । शुक्रबार पूर्वश्रममन्त्रीसमेत रहेका अर्यालले प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘देशमा रोजगारी नपाएर युवाहरू दैनिक हजारौं विदेशिएको समाचार अब नयाँ रहेन । हामीसँग श्रम मन्त्रालय छ । मन्त्रालयको उद्देश्य भनेको रोजगार सिर्जना, युवाहरुलाई देशमा बस्ने वातावरण बनाउने हो, तर मन्त्रालयलाई कहिले बिचौलियाले चलाएको आरोप छ त ट्रेड युनियनका सदस्यहरूलाई विदेश घुमाएको आरोप ।’
ताहाचलमा दैनिक ७५ लाख असुली हुने गरेकाे उनकाे दाबी छ । उनले भने, ‘तर अहिले विदेशिन बाध्य युवाहरूसँग घुस सङ्कलन गर्ने अड्डा बनेको बजारमा जानकारी छ । ताहाचल कार्यालयमा दैनिक करिब ७५ लाख घुस असुली भइरहेको मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत बेखबर हुनु भनेको अब मन्त्रालय घुसको अड्डा बनेको हो ? सरकारको ध्यानाकर्षण होस् ।’
प्रतिक्रिया