प्रचण्डले नातिनीका लागि अमेरिका र स्वीट्जरल्याण्डमा घर किनेका छन् : दुर्गा प्रसाईं

प्रचण्डले नातिनीका लागि अमेरिका र स्वीट्जरल्याण्डमा घर किनेका छन् : दुर्गा प्रसाईं



काठमाडौं । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका र स्वीट्जरल्याण्डमा घर किनेकाे बताएका छन् ।

शुक्रबार राजाको पक्षमा पत्रकार सम्मेलन गरेका प्रसाईंले प्रचण्डले नातिनीका लागि अमेरिका र स्वीट्जरल्याण्डमा घर किनेको आरोप लगाएका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डले राजतन्त्र रछ्यानमा फालिसकेको टिप्पणी गरेकोमा प्रसाईंले अब प्रचण्डलाई नै रछ्यानमुनी फाल्ने दाबी गरे ।

उनले भने, ‘म आफैंले २० वर्ष सहयोग गरेको हो नि प्रचण्डलाई । हामीले डडाल्नामा प्रेसर कुकर बम नबोकेको भए आज नातिनीको लागि अमेरिकामा घर किन्न सक्थे ? स्वीट्रजल्याण्डमा घर किन्थे ? प्रधानमन्त्री हुन्थे ?’

प्रसाईंले फागुन २५ गते काठमाडौं ठप्प बनाएर पूर्वराजाको स्वागत गरिने बताएका छन् ।