सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नुन बाहेक सबै कृषि उपजमा आत्मनिर्भर बन्दै गएको बताएका छन् ।
शुक्रबार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै उनले भने, ‘उत्पादनको हिसाब पनि बढेको छ, जनसङ्ख्या बढेको छ, आवश्यकता पनि बढेकाले कम भएजस्तो भएको हो विभिन्न जिल्लाहरूमा फलफूल खेतीको लहर पनि बढेको छ ।’
अहिलेको राजनीतिमा कतै अलमल हुनुहुँदैन । हामीले ल्याएको लोकतन्त्र सही तरिकाले अघि बढेको छ । व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने कुरा सत्य हैन । त्यो बेला बाल मृत्युदर नै धेरै थियो । अहिले त्यो रोकिएको छ ।’
उनले अहिले फुसका छानालाई जस्ताका पाताले विस्थापित गरिएको समेत बताए । ‘युगान्तकारी काम गरेका छौँ । भुईँचालो गयो, त्यत्रो तर जुरुक्क उचालेर काम गरेका छौँ । जाजरकोट भूकम्पको पुनर्निर्माणको काम पनि अघि बढेको छ’ उनले भने ।
प्रधानमन्त्री ओलीले नेपालको गणतन्त्र नागरिक सर्वोच्चताको प्रतिक भएको बताए ।
ओलीले भेरी बबई आयोजना खासै अघि बढ्न नसकेको बताए । उनले अहिले देशका ९८ प्रतिशत स्थानमा विद्युत् पुगेको बताउँदै ८७ प्रतिशत भन्दा बढी साक्षरता पुगेको समेत बताए ।
उनले कर्णाली सम्भावना नै सम्भावनाको प्रदेश भएको समेत उनले बताए । ‘कर्णाली प्रदेश जडीबुटी, जलस्रोतको धनी प्रदेश हो’ प्रधानमन्त्रीले भने ।
उनले अलपत्र आयोजनालाई तत्काल अगाडि बढाउने बताए । ओलीले प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रम हटाउने योजनामा सरकार रहेको समेत बताए ।
प्रतिक्रिया