एनएसएलको मूख्य प्रायाेजक एनसेल

एनएसएलको मूख्य प्रायाेजक एनसेल



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा एनसेल आजियाटा लिमिटेड मूख्य प्रायाेजक (टाइटल स्पोन्सर) रहने भएको छ ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एसएसइएम) ले आयोजना गर्ने एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो ।

शुक्रबार यस साझेदारीको घोषणा गरिएको थियो । सन् २०२१ मा स्थापना भएको एनएसएललाई एसएसइएमले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ ।

यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरूबीच प्रतिस्पर्धा हुनेछ ।

एनएसएल तेस्रो संस्करणको आधिकारिक खेल २९ मार्चबाट सुरु हुनेछ ।