महिला भएकैले ममाथि अन्याय भयोः डा. संगीता

महिला भएकैले ममाथि अन्याय भयोः डा. संगीता


ग्लोब नेपाल
27
Shares

काठमाडौं । स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्रले महिला भएकी कारण आफूमाथि सरकारले विभेद भएको आरोप लगाएकी छन् ।

मन्त्रिपरिषदले बुधबार वरिष्ठता मिलेर आफूभन्दा जुनियर अतिरक्त सचिव विकास देवकोटालाई बढुवा गरेपछि उनी रुष्ट छिन् । प्रतिनिधिसभा बैठकमा सांसदहरुले मधेसी महिला भएकै कारण उनीमाथि अन्याय भएको भन्दै सरकारको विरोध गरेका छन् ।

१ सय १५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले महिला भएकै कारण आफूमाथि विभेद र अन्याय भएको बताइन् ।

‘मैले भोगेको विभेदको कठोर यथार्थले मलाई महिला भएकै कारण हामीले हरेक दिन सामना गर्नुपर्ने असमानता र अन्यायको झल्को दिलाएको छ’, उनले भनेकी छन् । श्रमिक महिला दिवस उपलब्धीको उत्सव मात्र नभइ महिलाले सहनु परेको संघर्ष र आगामी चुनौतीहरूको स्मरणसमेत भएको बताइन् ।

आफूलाई सचिवमा बढुवा नगर्नु व्यक्तिगत नभई प्रणालीगत विभेद भएको उनको ठम्याई छ ।

लोकसेवा आयोगका अध्यक्ष नेतृत्वको बढुवा सिफारिस समितिले पहिलो नम्बरमा मिश्र, दोश्रोमा देवकोटा र तेश्रो नम्बरमा टंक बाराकोटीको नाम बढुवाका लागि सिफारिस गरेको थियो ।