काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गर्ने निर्णय गरेको छ । १२ फाुगनमा झापाबाट सुरु अभियान शनिबार रौतहट पुगेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सचिवालय प्रमुख गोविन्द आचार्यले जनतामा असन्ताेष बढाउने सरकारका क्रियाकलाप र व्यवस्थाविरुद्धका गतिविधिको प्रतिवाद गर्न केही दिनका लागि अभियान स्थगन गरिएको बताए ।
अभियानअन्तर्गत शनिबार रौतहटबाट बाराको सिम्रौनगढ प्रवेश गर्ने कार्यक्रम थियो । आचार्यले रौतहटको कार्यक्रम सकेर आजै प्रचण्डसहितका पदाधिकारी काठमाडौं फर्कने तयारीमा रहेको जानकारी दिए ।
फागुन महिनाभरका लागि अभियान कार्यक्रम स्थगित गर्ने निर्णय गरीएको माओवादी उच्च स्रोतले जानकारी दिएको छ । राजावादी गतिविधि बढिरहेको अवस्थामा उनीहरूको गतिविधिलाई चुनौती दिने गरी संसदीय र अन्य मोर्चामा पार्टीलाई सक्रिय राख्न हाललाई अभियान स्थगित गर्ने निर्णय भएको ती नेताले जानकारी दिए ।
प्रतिक्रिया