लन्डन । इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघम फरेस्टले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा नोट्टीङघमले म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
नोट्टीङघमको जितमा खेलको ८३ औं मिनेटमा कलुम हडसन ओडोइले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि नोट्टीङघमको २८ खेलमा ५१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै यो हारपछि म्यानचेस्टर सिटी २८ खेलमा ४७ अंकसहित चौथो स्थानमा रहेको छ ।
लिभरपुलको अर्को शानदार जित

इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले साउथहम्पटनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
१-० ले पछि परेको लिभरपुलले कमब्याक गर्दै खेल जितेको थियो । लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका थिए भने डर्विन नुनेजले एक गोल गरेका थिए । त्यसैगरी साउथहम्पटनका लागि विल स्मालबोनले एक गोल गरेका थिए ।
यो जितपछि लिभरपुलको २९ खेलमा ७० अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी साउथहम्पटनको भने२८ खेलमा ९ अंक छ र लिगको पुछारमा रहेको छ ।
प्रतिक्रिया