काठमाडौं । त्रिभुवन विमानस्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।
आइतबार दिउँसो ३ बजे पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा विभिन्न राजावादी संगठनहरू उनको स्वागतका लागि विमानस्थलसम्म जाने तयारी गरेका छन् ।
त्यसकारण विमानस्थल बाहिर चेकजाँचमा कडाइ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।
उनकाअनुसार विमानस्थल अनधिकृत व्यक्तिहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ । हवाइ टिकट भएका यात्रु र स्टाफ बाहेक अरुलाई एयरपोर्ट छिर्ने निषेध गरिएको छ ।
काठमाडौंको सबै स्थानमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । चोक-चोकमा प्रहरीको संख्या बढाइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभाग गरी झन्डै २४ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया