त्रिभुवन विमानस्थल गेट बाहिर राजवादीहरुको प्रदर्शन

त्रिभुवन विमानस्थल गेट बाहिर राजवादीहरुको प्रदर्शन



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे गेट अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले प्रदर्शन गरेका छन् । आइतबार दिउँसो पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरु पोखराबाट काठमाडौं आउँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न एयरपोर्ट गेटमा पुगेका हुन् । शाह ३ बजे काठमाडौं फर्किँदैछन् ।

त्यसकारण विमानस्थल बाहिर चेकजाँचमा कडाइ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

विमानस्थल अनधिकृत व्यक्तिहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ । हवाइ टिकट भएका यात्रु र स्टाफ बाहेक अरुलाई एयरपोर्ट छिर्ने निषेध गरिएको छ ।

काठमाडौंको सबै स्थानमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । चोक-चोकमा प्रहरीको संख्या बढाइएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभाग गरी झन्डै २४ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।