राजावादीको र्‍यालीमा भारतीय नेता योगी आदित्यनाथको ब्यानर

राजावादीको र्‍यालीमा भारतीय नेता योगी आदित्यनाथको ब्यानर



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्न राप्रपा र दुर्गा प्रसाईको अभियानसहितको संगठित र्‍यालीमा योगी आदित्यनाथको ब्यानर समेत प्रदर्शन गरिएकाे छ ।

सुकेधाराबाट चाबहिल हुँदै आउने जुलुसका सहभागीले योगीको तस्विरसहित प्रदर्शन गरेका हुन् ।

सामाजिक संजालमा भाइरल भइरहेको फोटोमा मोटरसाइकल र्‍यालीका एक सहभागीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री तथा बिजेपी नेता योगी आदित्यनाथको फोटो बोकेका छन् ।

योगीले नेपाल हिन्दु राज्य हुनुपर्छ भनेकाले उनको समर्थनमा उक्त ब्यानर प्रदर्शन गरिएको सहभागीले बताए ।