काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार दिउँसो काठमाडौंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् ।
शाहलाई विमानस्थलमा नै पुगेर स्वागत गर्ने राजावादीहरूले विहानैदेखि तयारी गरेका थिए ।
विमानस्थल प्रवेश गर्नेहरूलाई चेकजाँच गरेर मात्र भित्र जान दिइएको थियो भने मोटरसाइकल लगायतलाई प्रवेश निषेध गरिएको थियो । यसले गर्दा विमानस्थल अस्तव्यस्त बनेको थियो ।
सरकारले पनि विमानस्थलको सुरक्षामा कडाइ गरेको थियो । विमानस्थल र सो आसपास ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएका छन् ।
विमानस्थलमा पर्यटक र सर्वसाधारण यात्रुहरूलाई सकस भएको थियो । उनीहरु आफै सामान बोकेर गेटबाट विमानस्थलसम्म पुग्नुपरेको थियो भने विमानबाट ओर्लिएका यात्रुहरु पनि आफै सामान बोकेर गेटसम्म आउनुपरेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायतका नेता उनलाई स्वागत गर्न भेला भएका थिए ।
त्यसैगरी राजाबादीहरुले बाक्लो संख्यामा विमानस्थलको गोल्डेन गेट अगाडि प्रदर्शन गरेपछि विमानस्थल आसपासको सवारी आवागमन अस्तव्यस्त बनेको थियाे ।
प्रतिक्रिया