काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १० जनाको आवेदन परेको छ । आइतबार साँझसम्म नेप्सेको सीईओ पदका लागि १० जनाको आवेदन परेको हो ।
नेप्सेको सीईओ बन्नका लागि पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल, नारदकुमार लुइँटेल, युवराज दाहाल, प्रवीण अधिकारी र चूडामणि चापागाईँको आवेदन परेको छ । यसका साथै बिमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बश्याल, मुकुन्दराज जोशीले पनि सीईओका लागि आवेदन दिएका छन् ।
सीईओ बन्नका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त शास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ ।


प्रतिक्रिया