भारतको हिल्सलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

भारतको हिल्सलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा



फिदिम । चर्च ब्वाइज क्लब पाँचथरको फिदिममा जारी पाँचौँ पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वार्टरफाइनल खेलमा चर्च ब्वाइजले भारतको हिल्स फुटबल एकेडेमीलाई ४–० गोलले हरायो ।

चर्च ब्वाइजको जितमा राज भुसालले आठौँ र दोस्रो हाफको अतिरिक्त समयमा दुई गोल गरे । फोफोनाले छैटौँ र अभिसेक मेहताले ६४औँ मिनेटमा एक/एक गोल गरे ।

सोमबार हिमालयन सेर्पा क्लब र मछिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । चैत २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ११ लाख एक हजार एक सय ११ रुपियाँ र उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपियाँ पुरस्कार पाउनेछन् ।