प्रदेशस्तरीय सम्मेलन उद्घाटन गर्न सभापति देउवा धनगढीमा

प्रदेशस्तरीय सम्मेलन उद्घाटन गर्न सभापति देउवा धनगढीमा


ग्लोब नेपाल
783
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार धनगढी जाने भएका छन् । धनगढीमा हुने नेपाली कांग्रेसको प्रदेश स्तरीय प्रथम सम्मेलनलाई उद्घाटन गर्नका लागि उनी धनगढी पुगेका हुन्।

कांग्रेस प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले जनता केन्द्रित कार्यक्रम र सङ्गठन सुदृढीकरण योजना तय गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।

सम्मेलनमा प्रदेशभरका पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने उनले जानकारी दिए । सभापति बलायरले सम्मेलनले बदलिँदो राजनीतिक अवस्था, अर्थतन्त्रमा आएको शिथिलता र त्यसबाट भोग्नुपरेका समस्याबारे बृहत् छलफल गरी तीनै तहका सरकारलाई आवश्यक सुझावसमेत दिइने बताए ।

सम्मेलनको अर्को दिनदेखि फागुन २७ र २८ गते धनगढीमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन हुने पनि त्यस अवसरमा जानकारी दिइयो । प्रशिक्षण कार्यक्रममा करिब एक सय अगुवा नेता कार्यकर्ताको सहभागिता रहने सभापति बलायरले जानकारी दिए ।