धनगढी । नेपााली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राजतन्त्र स्थापनाको कुरा हल्ला मात्र भएको बताएका छन् । सोमबार कांग्रेसको सुदूरपश्चिम प्रदेश सम्मेलनको उद्घाटन गर्न धनगढी पुगेका सभापति देउवाले सो कुरा बताएका हुन् ।
धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूले काठमाडौंमा राजसंस्था पक्षधरहरूले निकालेको र्यालीको विषयमा राखेको जिज्ञासाबारे सभापति देउवाले राजतन्त्रको पक्षमा माहोल सिर्जना हुँदैछ भन्ने अनावश्यक हल्लामात्र भएको बताएका हुन् । उनले नेपालको आन्तरिक राजनितिमा कुनै बाह्य हस्तक्षेप नभएको समेत स्पस्ट पारे ।
यस्तै सभापति देउवाले सुदूरपश्चिम प्रदेशको समग्र विकासमा आफू क्रियाशिल रहने बताए । सम्मेलनमा सहभागी हुन उपसभापति गोपालमान श्रेष्ठ, कांग्रेस महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा, कृष्णप्रसााद सिटौला, प्रवक्ता प्रकाशशरण महत, नेता बालकृष्ण खाण, शसांक कोइराला, एनपी साउदलगायतका नेताहरू आज धनगढी आएका छन् ।


प्रतिक्रिया