मंगलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने

मंगलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

सोमबार प्रमुख सचेतकहरूको बैठकमा मंगलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले बोल्ने समयबारे छलफल भएको थियो । सोही अनुसार समय निर्धारण गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

छलफलमा लोकतन्त्र र गणतन्त्रका विरुद्धमा केही अराजकतावादी शक्तिहरुले संविधानको अवमूल्यन गरेर गतिविधि सञ्चालन गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने र संसदबाट पनि त्यस किसिमका गतिविधिमा विशेष ध्यान दिने निर्णय भएको छ ।

त्यसैगरी संसदबाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक २८ गते बस्ने प्रतिनिधिसभाको कार्यसूचिमा राखेर प्रक्रिया अघि बढाइने बैठकले निर्णय गरेको छ ।