काठमाडौं । मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरीको मृत्यु भएको छ ।
मन्त्री लेखीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको हो ।
आइतबार राति ११ बजे अचानक पेट र छाती दुखेका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको मधेस प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाले जानकारी दिए ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको एसएसपी कोइरालाले बताए ।
प्रतिक्रिया