ओखलढुंगा मिसन अस्पतालमा बिमा रकम नपुग्दा बिरामीले उपचार पाएनन् : सांसद खतिवडा

ओखलढुंगा मिसन अस्पतालमा बिमा रकम नपुग्दा बिरामीले उपचार पाएनन् : सांसद खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुंगाको मिसन अस्पतालको बिमा रकम तत्काल पठाउन सरकारसँग माग गरेका छन् । मंगलबारको संसद् बैठकमा बाेल्दै खतिवडाले बिमा रकम समयमा नपुग्दा बिरामीले उपचार नपाउने र डाक्टरले तलबभत्ता नपाउने अवस्था आएको सरकारकाे ध्यानाकर्षण गराए ।

सांसद खतिवडाले भने, “ओखलढुंगा मिसन हस्पिटलमा बिमाको रकम समयमा नपुग्नाले त्यहाँ बिरामीले उपचारबाट वञ्चित हुनुपरेको छ । डाक्टरले तलब पाएका छैनन् र औषधिको अभाव भएकाले छिटोभन्दा छिटो त्यहाँ बिमाको रकम पठाउने व्यवस्था होस् । केवल बोल्ने काम गर्ने, तर पूरा गर्ने काम नगर्नाले जनतामा निराशा पैदा हुन्छ । त्यसको अन्त्य होस् ।”

खतिवडाले ओखलढुंगालगायत जिल्लाका स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरणको काम आरम्भ गरेकोमा सरकारलाई धन्यवाद दिए ।