समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने



काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले चैत १५ गते गणतन्त्रको पक्षमा संयुक्त विरोधसभा गर्ने निर्णय गरेको हो ।

चैत २ गते बुद्धिजीवीसँग अन्तर्क्रिया गर्ने निर्णय भएको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी(नेसपा)का सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए । श्रेष्ठका अनुसार चैत १ गते दिउँसो पत्रकार सम्मेलन र सोही दिन मोर्चाको बैठक बस्ने निर्णय भएको छ ।