ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसम्मत चयन भएको छ । मंगलबार भएको मनोनयनको कार्यक्रमअनुसार विद्यार्थी सङ्घ/सङ्गठनबिच सहमति भएपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।
सर्वसम्मत स्ववियु नेतृत्व चयन भएअनुसार अध्यक्ष (सभापति) मा नेविसङ्घका तिलकुमार जोगी चयन भएका छन् । यस्तै सचिवमा अनेरास्ववियका लक्ष्मण पौडेल र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका निकिता लिम्बू चयन भएका छन् । सदस्यमा नेविसङ्घका सौगात बिष्ट, अनेरास्ववियुका सनुजा गौतम र बिनु तामाङ, अखिल क्रान्तिकारीका शान्तिला गुरुङ र सुजन लिम्बू चयन भएका छन् ।
यता विद्यार्थी सङ्गठनबिच भएका सहमतिअनुसार मनोनित हुने उपाध्यक्ष अखिल क्रान्तिकारी र सहसचिव नेविसङ्घले लिने छन् । सदस्यमा अनेरास्ववियु चार, नेविसङ्घ तीन, अखिल क्रान्तिकारी दुई र अनेरास्ववियु (एकीकृत समाजवादी) ले एक जना लिने सहमति भएको छ ।
प्रतिक्रिया