पाँचथर । विभागीय टिम नेपाल पुलिसलाई हराउँदै नमोबुद्व फुटबल क्लव सप्तरी पॉचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा मंगलबार सम्पन्न क्वाटर फाइनल चरणको अन्तिम खेलमा पुलिसलाई सप्तरीले ३–० गोल अन्तरले हरायो ।
सप्तरीको जितमा विदेशी खेलाडी एलेक्स विलेनले २ र दिपेश चाम्लिङ राईले १ गोल गरे । खेल सुरु भएको ३९ औं मिनेटमा एलेक्सले गोल गर्दै सुरुवाती अग्रता दिएका थिए, दोस्रो गोल ६५ मिनेटमा दिपेस चाम्लिङ राईले गरे ।
पुनःएलेक्सले मध्यान्तर अघिको इन्ज्युरी समयमा तेस्रो गोल गर्दै पुलिस विरुद्व ३–० को अन्तरले अगाडि बढाए । पुलिसविरुद्व २ गोल गर्नुभएका एलेक्स मंगलबारको प्रतियोगितामा म्यान अफ दि म्याच घोषित हुँदै नगद ७ हजार ५ सयसहित पुरस्कृत भए ।
यो सँगै पाँचथर गोल्डकपमा क्वाटर फाइनल चरणका खेल पूरा भएका छन् । बुधबार मच्छिन्द्र फुटबल क्लव काठमाडौं र इन्ट्रा पथरी फुटबल क्लव मोरङबिच सेमी फाइनल चरणको पहिलो खेल हुने आयोजक पाँचथर क्लबले जनाएको छ ।
फागुन २४ गते सुरु भएको पाँचौं संस्करणको पाँचथर गोल्डकपको फाइनल चैत २ गते हुनेछ । यस संस्करणका विजेताले नगद ११ लाख १ हजार १ सय ११ र उपविजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपियाँ नगद पुरस्कारसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतिक्रिया