रुपन्देहीको देवदह क्याम्पसमा अनेरास्ववियुका न्यौपाने सर्वसम्मत

रुपन्देहीको देवदह क्याम्पसमा अनेरास्ववियुका न्यौपाने सर्वसम्मत



रुपन्देही । रुपन्देहीको देवदहस्थित देवदह आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका अस्बिन न्यौपाने सर्वसम्मत भएका छन् ।

नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीच सहमति भएपछि आज उम्मेदारी मनोनयमा एकल रुपमा परेपछि सबै पदमा सर्वसम्मत भएको निर्वाचन अधिकृत होमनाथ शर्माले जनाएका छन् ।

स्ववियुको सचिवमा अनेरास्ववियु क्रान्तिकारीका रविन न्यौपाने र कोषाध्यक्षमा नेविसंघका रेमन्त शर्मा निर्विरोध भएका हुन् ।

त्यसैगरी सदस्यहरुमा अनेरास्ववियबाट अस्मी पाठक, सन्दिप बस्याल, वर्षा कंडेल, तुलबहादुर श्रीस र नेविसंघबाट गौरव न्यौपाने निर्विरोध भएका हुन् । समानुपातिकको संख्या भने पछि टुंगाउने स्ववियु सभापति अर्जुन गैरैले जानकारी दिए ।