काठमाडौं । वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नामिबियाले नेपाललाई १ सय २६ रनको लक्ष्य दिएको छ ।
युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनायो । नामिबियाकी यास्मिन खानले ४५ रन बनाइन् । नेपालकी ईश्वरी विष्टले ३, रचनाकुमारी चौधरीले २ विकेट लिए ।
शृङ्खलामा नेपालको यो चौथो खेल हो । नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा घरेलु टोली युगान्डालाई १ विकेटले हराएको नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो । नेपालले भोलि युगान्डासँग र पर्सि हङकङसँग खेल्नेछ ।
नेपाल, युगान्डा, नामिबिया र हङकङ सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल चैत ३ गते हुनेछ ।
प्रतिक्रिया