बझाङ । बझाङको सुनकुडा क्याम्पसमा स्ववियुको निर्वाचनमा तीन संगठनको तालमेल भएको छ ।
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियुबीच तालमेल भएको हो ।
नेविसंघ र विप्लव निकट अखिल समाजवादी भने एक्ला-एक्लै चुनावमा होमिएका छन् ।
चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि तीन संगठनको संयुक्त प्यानलबाट सभापतिमा अनेरास्ववियुका कपिल विष्टले मनोनयन दर्ता गरेका छन् ।
यस्तै नेविसंघबाट जयदेव भट्ट, विप्लव निकट अखिल समाजवादीबाट भानु जोशीले मनोनयन दर्ता गरेका छन् ।
जिल्लाका केहि क्याम्पसहरूमा तालमेल गरेको अनेरास्ववियु र नेविसंघ सुनकुडामा भने प्रतिस्पर्धामा उत्रिएका छन् ।
सुनकुडा क्याम्पसमा पाँच विद्यार्थी संगठनले दल दर्ता गरेका थिए । सुनकुडा क्याम्पसमा ३ सय ३८ जना विद्यार्थी रहेका छन् ।
प्रतिक्रिया