स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मेसिनद्वारा मतदान हुने

स्ववियु निर्वाचन : चार क्याम्पसमा विद्युतीय मेसिनद्वारा मतदान हुने



काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि चार वटा क्याम्पसहरूमा विद्युतीय मतदान हुने भएको छ । चैत ५ गते हुन गइरहेको निर्वाचनमा विभिन्न चार वटा क्याम्पसहरूमा विद्युतीय मेसिनद्वारा मतदान हुने भएको हो ।

रामलक्ष्मण इनोभेसनमार्फत विभिन्न चार वटा क्याम्पसहरूमा मतदानका लागि विद्युतीय मेसिन प्रयोग गरिन लागिएको हो । त्रिवि केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय), पुल्चोक इन्जिनियरिङ कलेज, थापाथली इन्जिनियरिङ कलेज र पाटन क्याम्पसमा विद्युतीय भोटिङ मेसिनबाट मतदान हुने भएको हो ।

यसअघि २०७९ सालको निर्वाचनमा समेत ती कलेजहरूमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिएको थियो । यो पटक पनि ती कलेजहरूमा विद्युतीय मतदानका लागि सम्झौता गरिएको हो । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सम्पन्न भएको आधा घण्टाभित्रमा मतदानको नतिजा आइसक्ने छ ।

देशभरका स्ववियु निर्वाचन हुने सबै क्याम्पसहरूमा सीमित स्रोत साधनका कारण विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गर्न नसकिएकाे बताइएकाे छ ।